Section 13
शेयर बापतको रकम भुक्तानी
(१) शेयरवालाले शेयर बापत किस्ता तलब गरिएको रकम तोकिएबमोजिम भुक्तानी गर्नु पर्नेछ ।
(२) कुनै शेयरवालाले उपदफा (१) बमोजिम किस्ता तलब गरिएको रकम भुक्तानी नगरेमा कोषले त्यस्तो शेयरवालाको नाममा दर्ता रहेको शेयर र सो बापत बाँडिने मुनाफा समेत रोक्का गरी मुनाफाबाट लिन वा तोकिएबमोजिम त्यस्तो शेयर जफत गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम शेयर जफत गरिएमा त्यस्तो शेयर कोषले तोकिएबमोजिम बिक्री गर्न वा अरू कुनै प्रकारले दिन वा खारेज गर्न सक्नेछ ।